घोलमा डुबेर दुई किशोरको मृत्यु
चितवन - नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका– १६ का किशोरद्वय समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो ।
उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

