मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं - मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभयो । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए ।
दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

