Harsamaya
सानिगाड हाइड्रोको आईपिओ आजदेखि खुला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपिओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ ।

स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अति प्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आइपिओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update