Harsamaya
स्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च
प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले ।

काठमाडौं - प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । 

निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् ।

उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ ।

त्यसैगरी विद्युतीय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।

swarnim-wagle_f999f76c-1773376314.jpeg

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update