माछा मार्न पोखरीमा डुबेका युवकको मृत्यु
सप्तरी - राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ ।
राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो । राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः माछा मार्ने क्रममा डुबेको स्थानीयवासीले जनाएको छ । पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो ।
करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२ ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

