Harsamaya
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
सुधन गुरुङ ।

गोरखा - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । 

आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।

गोरखा - १ को मत अपडेट :-
सुधन गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 28,965 (विजयी)
प्रेम कुमार खत्री (नेपाली कांग्रेस) = 15,230
हरिराज अधिकारी (नेपाली कम्युनिष्ट पार्टी) = 10,934
रामचन्द्र लामिछाने (नेकपा एमाले) = 3,668
रामकाजी राना मगर (उज्यालो नेपाल पार्टी) = 468

केदार मणी खनाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 289
जितबहादुर घले (संयुक्त नागरिक पार्टी) = 161
देव बहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) = 142
विष्णु प्रसाद रिजाल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 55
आकाश राना मगर (नेशनल रिपब्लिक नेपाल) = 27
कविता भट्टराई (स्वतन्त्र) = 23
मनु कुमारी श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 19

जम्मा मतदाता : १,२०,५२४ [६०,४२३ पुरुष र ६०,१०१ महिला]

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update