बैतडी- बैतडी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार भण्डारीले २२,१३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्द ले १८,१९४ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले) का दामोदर भण्डारी – ७,९१ मत, नेकपा का प्रमानन्द भट्ट – ६,९६५ मत र राप्रपा का भुपेन्द्रबहादुर चन्द – २,६८१ मत प्राप्त गरेका छन्।
बैतडी - १ को मत अपडेट:-
हरिमोहन भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 22,134 (विजयी)
चतुर बहादुर चन्द (नेपाली कांग्रेस) = 18,194
दामोदर भण्डारी (नेकपा एमाले)= 17,091
प्रमानन्द भट्ट (नेपाली कम्युनिष्ट पार्टी) = 6,965
भुपेन बाहादुर चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,681
राम बहादुर कुँवर (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 299
आन सिंह भण्डारी (जनता समाजवादी पार्टी, नेपाल) = 94
नवराज कोइराला (नेपाल मजदुर किसान पार्टी) = 94
विसन सिंह वोहरा (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 82
गजेन्द्र राज पाण्डेय (श्रम संस्कृति पार्टी) = 78
जय प्रकाश पन्त (स्वतन्त्र) = 18
जम्मा मतदाता : १,५६,३७० [७८,९८७ पुरुष र ७७,३८३ महिला]

