काठमाडौं - प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार सिन्धुली १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार ६ सय ५९ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार क्षेत्री (केसी) ले १५ हजार ८ सय ७५ मत प्राप्त गरेका छन्।
यस्तै सिन्धुली १ मा नेपाली काँग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बराल तेस्रो भएका छन्। उनले १५ हजार ५ सय ७० मत प्राप्त गरेका छन्। यस्तै नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
सिन्धुली १ मा रास्वपा, एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो। यस क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका श्याम घिमिरे निर्वाचित भएका थिए। सिन्धुली २ मा पनि रास्वपाकै उम्मेदवार आशीष गजुरेल विजयी भएका छन् ।
सिन्धुली -१ को मत अपडेट:-
धनेन्द्र कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) = 16,659 (विजयी)
प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) (नेकपा एमाले) = 15,875
उज्ज्वल प्रसाद वराल (नेपाली कांग्रेस) = 15,570
डेकेन्द्र प्रसाद सुवेदी (नेपाली कम्युनिष्ट पार्टी) = 4,708
निम बहादुर मोक्तान (श्रम संस्कृति पार्टी) = 2,596
मोति लाल तामाङ (उज्यालो नेपाल पार्टी) = 755
राम नारायण अधिकारी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 510
सन्तोष कुमार सुनुवार (राष्ट्रिय परिवर्तन पार्टी) = 223
सुशिल हमाल (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 167
सोमबहादुर घलान (मंगोल नेशनल अर्गनाइजेसन) = 161
राजेन्द्र बखुन्छे (नेपाल मजदुर किसान पार्टी) = 29
अमृत बहादुर विश्वकर्मा (स्वतन्त्र) = 27
जम्मा मतदाता : १,१२,३१९ [५८,६७३ पुरुष र ५३,६४६ महिला]

