Harsamaya
अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी
अछाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी ।

अछाम - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । बोगटीले नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति पुष्पबहादुर शाह लाई ६७१ मतान्तरले पराजित गरेका हुन् । 

खसेको सदर मतमध्ये बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टी का बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का भुपदेव शाहले ४ हजार ५६२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शेरबहादुर विकले ५५८ मत प्राप्त गरेका छन् । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही ले १६७ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत र नेपाल मजदुर किसान पार्टी का झंकरबहादुर शाहीले ६० मत प्राप्त गरेका छन् । 

अछाम - २ को मत अपडेट :-
यज्ञ बहादुर बोगटी (नेकपा एमाले) = 9,518 (विजयी)
पुष्प बहादुर शाह (नेपाली कांग्रेस) = 9,046
बल बहादुर कुंवर (नेपाली कम्युनिष्ट पार्टी) = 6,493
भुप देव शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) = 4,562
शेरबहादुर विक (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 558
मिन बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 167
पुष्पराज न्यौपाने (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 113
झंकर बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) = 60
राजेश रावल (उज्यालो नेपाल पार्टी) = 52

जम्मा मतदाता : ८२,८२३ [४१,५५७ पुरुष र ४१,२६६ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update