Harsamaya
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी ।

गोरखा - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । 

भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे ।  

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । 

कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा - २ को मत अपडेट :-
कविन्द्र बुर्लाकोटी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 26,660 (विजयी)
प्रकाश चन्द्र दवाडी (नेपाली कांग्रेस) = 11,700
लेखनाथ न्यौपाने (नेपाली कम्युनिष्ट पार्टी) = 11,073
मिलन गुरुङ्ग (नेकपा एमाले) = 3,087
बलराम तामाङ (उज्यालो नेपाल पार्टी) = 639
कुल बहादुर बस्नेत (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 292

सोम बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 290
टेक बहादुर प्रधान (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 130
प्रसाद गुरुङ (नेशनल रिपब्लिक नेपाल) = 111
चूडा प्रसाद ढकाल (स्वतन्त्र) = 80
कल्पना कुमाल (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 41
रामशरण बुढाथोकी (नेपाल मजदुर किसान पार्टी) = 30
हरि पोखरेल (स्वतन्त्र) = 14
जम्मा मतदाता : १,५६,३७० [७८,९८७ पुरुष र ७७,३८३ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update