काठमाडौं - सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्।
निर्वाचन परिणाम अनुसार खड्काले २६ हजार ८ सय ९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार ध्रुवकुमार शाही ले १८ हजार ८ सय ९० मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार टेकबहादुर सिंह ठकुरी ले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन्। यसैगरी नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार जितबहादुर राना ले २ हजार ८ सय २८ मत प्राप्त गरेका छन्।
यस परिणामसँगै सुर्खेत–१ मा कांग्रेसले स्पष्ट मतान्तरसहित जीत हात पारेको निर्वाचन आयोगले जनाएको छ।
सुर्खेत–१ को मत अपडेट :-
विष्णु बहादुर खड्का (नेपाली कांग्रेस) = 26,897 (विजयी)
ध्रुवकुमार शाही (नेकपा_एमाले) = 18,890
टेक बहादुर सिंह ठकुरी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 14,729
जित बहादुर राना (नेपाली कम्युनिष्ट पार्टी) = 2,828
रवि हमाल ठकुरी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,049
विर बहादुर राना (श्रम संस्कृति पार्टी) = 641
धनसिं सार्कि (जनता समाजवादी पार्टी, नेपाल) =354
मोहन थापा (राष्ट्रिय जनमोर्चा) = 321
ठम्मरबहादुर विष्ट (उज्यालो नेपाल पार्टी) = 251
रमेश सेन्चुरी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 112
हिरु शाही (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 108
गजबहादुर खपतडी मगर (नेपाल मजदुर किसान पार्टी) = 26
प्रकाश बुढा मगर (मितेरी पार्टी नेपाल) = 21
जम्मा मतदाता : १,२२,९०२ [६०३९६ पुरुष र ६२५०६ महिला]

