रामेछाप - प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन् ।
बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
निर्वाचनमा नेकपा एमालेका उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत पाएका छन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत ल्याएका छन् ।
रामेछापको मत अपडेट :-
कृष्ण हरी बुढाथोकी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 24,808 (विजयी)
माधव प्रसाद ढुंगेल (नेकपा एमाले) = 17,609
रामचन्द्र खडका (नेपाली कांग्रेस) = 16,307
श्याम कुमार श्रेष्ठ (नेपाली कम्युनिष्ट पार्टी) =13,354
दिप बहादुर योञ्जन (उज्यालो नेपाल पार्टी) = 7,201
ढाल बहादुर खपाङ्गी मगर (श्रम संस्कृति पार्टी) = 1,336
गोरे तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 543
अर्जुनबहादुर थापा मगर (राष्ट्रिय जनमोर्चा) = 161
यमुनबहादुर बस्नेत (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 156
बिरेन्द्र श्रेष्ठ (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 115
अरुण कार्की (स्वतन्त्र) = 98
यम बहादुर मोक्तान (नेशनल रिपब्लिक नेपाल) = 75
सन्तोष घिमिरे (स्वतन्त्र) = 61
केशरी श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 56
विनोद घिसिङ (मंगोल नेशनल अर्गनाइजेसन) = 56
पदम बहादुर तामाङ (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 36
बाबु काजी खड्का (स्वतन्त्र) = 22
जम्मा मतदाता : १,८७,९५२ [९६,८९२ पुरुष र ९१,०६० महिला]

