रौतहट - रौतहट २ मा नेपाली कांग्रेसका डा. मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।
नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
रौतहट- २ को मत अपडेट :-
मो. फिरदोश आलम (नेपाली कांग्रेस) = 29,528 (विजयी)
किरण कुमार साह (नेपाली कम्युनिष्ट पार्टी) = 18,442
शेख सगिर (राष्ट्रिय स्वतन्त्र पार्टी) = 9,325
रामअशिष राय यादव (जनता समाजवादी पार्टी, नेपाल) = 2,960\
महम्मद अतिउल्लाह (नेकपा एमाले) = 2,382
श्रीभगवान राउत कुर्मी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 1,825
सुरेन्द्र प्रसाद जयसवाल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 859
सोनु कुशवाहा (जनमत पार्टी) = 276
राजकुमार यादव (नेपाल जनता पार्टी) = 102
रविन्द्र साह (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 85
नेक महम्मद (राष्ट्रिय जनमोर्चा) = 76
रामाकान्त प्रसाद पटेल (उज्यालो नेपाल पार्टी) = 64
शेख अमिरुल हक (नेपाल मजदुर किसान पार्टी) = 44
दिलिप प्रसाद जैसवाल (स्वतन्त्र) = 38
संजय सहनी (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 31
मो. इम्रान असलम (स्वतन्त्र) = 18
शेख राहिल अहमद (स्वतन्त्र) = 15
मो. नसिम अख्तर (स्वतन्त्र) = 13
मनोज कुमार बैठा (स्वतन्त्र) = 12
जैलाल प्रसाद कुशवाहा (स्वतन्त्र) =10
शेख महमद इफरान (स्वतन्त्र) = 10
शेख मुस्ताक (स्वतन्त्र) = 8
मो. फिरोज अख्तर (स्वतन्त्र) = 6
रामाकान्त प्रसाद पटेल (स्वतन्त्र) = 6
श्यामलाल साह तेली (स्वतन्त्र) = 6
रामजन्म प्रसाद यादव (स्वतन्त्र) = 3
जम्मा मतदाता : १,०८,८७२ [६१,१९४ पुरुष र ४७,६७८ महिला]

