Harsamaya
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी ।

कञ्चनपुर - प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । उनले ११ हजार ११० मत प्राप्त गरे । 

यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले एक हजार ५६० मत प्राप्त गरे ।

यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो । 

कञ्चनपुर - १ को मत अपडेट :-
जनक सिंह धामी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 24,332 (विजयी)
बीना मगर (नेपाली कम्युनिष्ट पार्टी) = 11,110
गोपी प्रसाद उपाध्याय (नेपाली कांग्रेस) = 8,467
तारा लामा तामाङ (नेकपा एमाले) = 8,088
दिल्ली वहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,560
कृष्ण बहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 967
माइकल तामाङ (उज्यालो नेपाल पार्टी) = 759

रुपा देवी बिष्ट (स्वतन्त्र) = 608
राजाराम डगौरा चौधरी (राष्ट्रिय जनमोर्चा) = 397
पुरन राना थारु (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 248
यादव सिंह (स्वतन्त्र) = 168
सिता वि.क. (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 87
अनिल राना (स्वतन्त्र) = 76
हुम बहादुर गुरुङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 46
देपेन्द्र वहादुर शाही (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 36
दानियल वि.क. (संयुक्त नागरिक पार्टी) = 36
कटकबहादुर शाही (नेपाल मजदुर किसान पार्टी) = 34
मन्जु देवी सुनार (स्वतन्त्र) = 20
सिया राम राना (मितेरी पार्टी नेपाल) = 12

जम्मा मतदाता : १,०१,७२४ [५०,१३६ पुरुष र ५१,५८८ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update