Harsamaya
हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित ।

सिमकोट - प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गरे । 

यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।

हुम्ला -१ को मत अपडेट :-
जय पती रोकाया (नेपाली कांग्रेस) = 8,797 (विजयी)
दीपेन्द्र रोकाया (नेपाली कम्युनिष्ट पार्टी) = 7,243
दल फडेरा (नेकपा एमाले) = 4,331

टासी ल्हान्जोम (राष्ट्रिय स्वतन्त्र पार्टी) = 1,064
जटिल कार्की (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 248
कुम्भ वुढा (नेपाल कम्युनिस्ट पार्टी माओवादी) = 128
छक्क बुढा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 124

जम्मा मतदाता : ३४३७२ [१८०२१ पुरुष र १६३५१ महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update