रामेछाप - रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
हालसम्म ५९ हजार ६७४ मत गणना हुँदा बुढाथोकीले १६ हजार ७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले पछ्याइरहेका छन्। ढुंगेलले हालसम्म ११ हजार ८२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ११ हजार ४३२ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ९ हजार २५९ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ५ हजार ४५४ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १ हजार १७३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोरे तामाङले ३१४ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९० हजार ७१० मत खसेको थियो। हालसम्मको मतगणनामा ३ हजार ५७२ मत बदर भएको छ । मतगणना कार्य अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

