Harsamaya
एकल चेपाङ महिलालाई बाख्रा वितरण
इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण। 

चितवन - इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण गरिएको छ । 

सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको हो । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो । 

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।  

उनका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update