महोत्तरी २ मा रास्वपाका दीपककुमार साह निर्वाचित
काठमाडौं - प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी २ मा रास्वपाका दीपककुमार साह निर्वाचित भएका छन् । उनले १९ पटक मन्त्री बनेका जनता समाजवादी पार्टी, नेपालका शरतसिंह भण्डारीसहितलाई पराजित गरेका हुन् । साह ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत ल्याए ।
नेपाली काँग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए । त्यस्तै नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत ल्याउँदा जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

