काठमाडौं - दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।
पोखरेलले १३ हजार ८८९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाही ६ हजार ७९७ मतमा सीमित भएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही पनि ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
दैलेख - २ को मत अपडेट :-
लक्ष्मी प्रसाद पोखरेल (नेकपा_एमाले) = 13,889 (विजयी)
दिक्पाल कुमार शाहि (नेपाली कांग्रेस) = 9,552
बखत बहादुर शाही (राष्ट्रिय स्वतन्त्र पार्टी) = 6,797
योगेन्द्र वहादुर शाही (नेपाली कम्युनिष्ट पार्टी) = 3,851
वखत बहादुर थापा (नेपाल मजदुर किसान पार्टी) = 1,512
बविता कुमारी शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 366
कलम सिंह (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 337
कमल बहादुर बरै मगर (राष्ट्रिय जनमोर्चा) = 101
हिम बहादुर शाही (स्वतन्त्र) = 43
तिर्थ कुमारी बशीं मगर बि.क. (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 33
लाल बहादुर कठायत (स्वतन्त्र) = 32
जम्मा मतदाता : ८१५०३ [४१२७५ पुरुष र ४०२२८ महिला]

