Harsamaya
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित
आनन्दबहादुर चन्द ।

 कैलाली - कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । 

कैलाली–५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार ५३९ रहेकामा ६५ हजार ७५२ मत खसेको थियो ।

कैलाली - ५ को मत अपडेट :-
आनन्द बहादुर चन्द (राष्ट्रिय स्वतन्त्र पार्टी) = 31,953 (विजयी)
नर नारायण शाह (नेपाली कांग्रेस) = 11,958
प्रेम बहादुर आले (नेपाली कम्युनिष्ट पार्टी) = 7,876
यज्ञराज ढुंगाना उपाध्याय (नेकपा एमाले) = 5,839
प्यारे लाल राना (स्वतन्त्र) = 1,755
रोशन शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,592
जगन्नाथ चौधरी (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 406

बबरजंग बहादुर सिंह (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 212
धन वहादुर चौधरी (जनमत पार्टी) = 192
शोभामणी जोशी (छि राष्ट्रिय जनमोर्चा) = 167
चन्द्र साउँद (उज्यालो नेपाल पार्टी) = 135
इश्वरी विष्ट (स्वतन्त्र) = 21
तृषण पुनमगर (नेपाल मजदुर किसान पार्टी) = 20
देव सिंह बिष्ट (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 18
राधिका कुमारी कार्की (मितेरी पार्टी नेपाल) = 3
जम्मा मतदाता : १,१०,५३६ [५४,६३२ पुरुष र ५५,९०४ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update