काठमाडौं - काभ्रेपलान्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतले विजयी भएका छन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गरेका हुन् ।
भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले तीन हजार ७४९ मत र राप्रपाका रन्जित श्रेष्ठले एक हजार १२५ मत प्राप्त गरेका छन् ।
काभ्रे –२ मा १६ राजनीति दल र आठ स्वतन्त्र गरि २४ जनाले उम्मेदवारी दिएका थिए । यसअघि २०७९ मा काभ्रे–२ मा एमालेका गोकुल बास्कोटाले जितेका थिए ।
मत अपडेट :
बदन कुमार भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 53,344 (विजयी)
मधु प्रसाद आचार्य (नेपाली कांग्रेस) = 17,868
अशोक कुमार व्याञ्जु श्रेष्ठ (नेकपा_एमाले) = 13,940
बसुन्धरा हुमागाई (नेपाली कम्युनिष्ट पार्टी) = 8,107
ज्योत्सना सैजु (उज्यालो नेपाल पार्टी) = 3,749
रन्जीव श्रेष्ठ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,125
मुना तामाङ (नेपाल मजदुर किसान पार्टी) = 428
टंक बहादुर लामा (श्रम संस्कृति पार्टी) = 400
कान्छाराम घिसिङ (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 146
रमेश बहादुर घर्ति क्षेत्री (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 144
आसा तामाङ (स्वतन्त्र) = 59
सूवर्णविक्रम थापा (राष्ट्रिय जनमोर्चा) = 39
रकम लामा तामाङ (जनता समाजवादी पार्टी, नेपाल) = 32
राजन थापा (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 32
डिल्लीप्रसाद न्यौपाने (स्वतन्त्र) = 31
उमेश तामाङ (मंगोल नेशनल अर्गनाइजेसन) = 28
उमेस थापा (स्वतन्त्र) = 26
सीता राम मैनाली (स्वतन्त्र) =21
सुकमान तामाड (नेशनल रिपब्लिक नेपाल) = 15
विष्णुकुमार श्रेष्ठ (स्वतन्त्र) = 13
गणेश प्रसाद अधिकारी (स्वतन्त्र) = 11
हरी बहादुर थापा (मितेरी पार्टी नेपाल) = 10
लेनिन विष्ट (स्वतन्त्र) = 8
केशवराज तिमल्सिना (स्वतन्त्र) = 4
जम्मा मतदाता : १६५५१० [८३७२६ पुरुष र ८१७८४ महिला]

