Harsamaya
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी
पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु ।

वीरगञ्ज - पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे । 

सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याएका छन्  भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याइन् । ।

यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना छन् । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । 

पर्सा - २ को मत अपडेट :-
सुशील कुमार कानु (राष्ट्रिय स्वतन्त्र पार्टी) = 30,740 (विजयी)
अजय कुमार चौरसिया (नेपाली कांग्रेस) = 11,890
रिमा कुमारी यादव (नेकपा एमाले) = 11,605
अशोक कुमार अग्रवाल (जनता समाजवादी पार्टी, नेपाल) = 2,642
वीना जैसवाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,999
मनोज कुमार चौधरी (नेपाली कम्युनिष्ट पार्टी) = 913
अमिताभ बच्चन दास तत्मा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 330
श्याम प्रसाद गुप्ता (जनमत पार्टी) = 228
रंजु कुमारी साह (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 203
संतोष कुमार पटेल (नेपाल जनता पार्टी) = 178
कृष्ण मुरारी प्रजापति (उज्यालो नेपाल पार्टी) = 148
लक्ष्मी नारायण गुप्ता (स्वतन्त्र) = 100
पुन्देश्वर प्रसाद यादव (श्रम संस्कृति पार्टी) = 83
शिव बचन ठाकुर लोहार (स्वतन्त्र) = 63
देव शंकर यादव (जन अधिकार पार्टी) = 30
फिरोज मियाँ (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 29

बिरेन्द्र प्रसाद (जय मातृभूमि पार्टी) = 21
उमेश प्रसाद साह तेली (स्वतन्त्र) = 17
रबिन्द्र कुमार चौधरी (स्वतन्त्र) = 16
विकाश कुमार साह (नेपाल लोकतान्त्रिक पार्टी) = 12
संतोष महतो (स्वतन्त्र) = 12
राकेश कुमार सहनी (स्वतन्त्र) = 10
किशोरी प्रसाद यादव (स्वतन्त्र) = 9
मनोज साह कानु (स्वतन्त्र) = 7
मुकेश कुशवाहा (नेपाल मजदुर किसान पार्टी) = 6
महेश महतो धानुक (स्वतन्त्र) = 5
कृष्णा कुमार गीरी (स्वतन्त्र) = 5
किसमती देवी (स्वतन्त्र) = 3
साहेव प्रसाद राम (स्वतन्त्र) = 3
रामनरेश प्रसाद चौरसिया (स्वतन्त्र) = 2
रोसन प्रसाद अहिर (स्वतन्त्र) = 1
जम्मा मतदाता : ९५,११७ [५३,७१७ पुरुष र ४१,४०० महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update