Harsamaya
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
डा अच्युतम लामिछाने ।

काठमाडौं - नुवाकोट क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ पाएका छन् । लामिछानेले केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गरे ।

यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५ पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवाडाले ६ हजार ७२० मत प्राप्त गरेका छन् ।

मत अपडेट :

अचुत्तम लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) = 32,054
जगदिश्वर नरसिंह के.सी. (नेपाली कांग्रेस) = 15,503
केशवराज पाण्डे (नेकपा एमाले) = 8,285
हिरानाथ खतिवडा (नेपाली कम्युनिष्ट पार्टी) = 6,525
ज्ञानेन्द्र घले (उज्यालो नेपाल पार्टी) = 2,683
झनक प्याकुरेल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 738
रेन्छेन तामाङ (मंगोल नेशनल अर्गनाइजेसन) = 394
विनोद कुमार तामाङ (श्रम संस्कृति पार्टी) = 348
नवराज ढुङगाना (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 88
किरण तिमसेना (नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)) =52
सुवाश भट्ट (नेपाल मजदुर किसान पार्टी) = 27
मान सिं गदाईल (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 11
जम्मा मतदाता १२३९३९ (६३५७८ पुरुष र ६०३६१ महिला)

जम्मा मतदाता : १,४०,०३३ [७१,२५८ पुरुष र ६८,७७५ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update