काठमाडौं - पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएको घोषणा गरे । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।
एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गरे । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याएका छन् । पर्सा –१ रास्वपाका बुद्धिप्रसाद पन्त विजयीपर्सा –१ रास्वपाका बुद्धिप्रसाद पन्त विजयी
पर्साको क्षेत्र नम्बर १ मा कूल ८९ हजार ६३८ मतदातामध्ये ६१ हजार २४७ जना अर्थात् ६८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । यहाँ दलीय र स्वतन्त्रतर्फ गरेर ३० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गरेका थिए । यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
पर्सा - १ को मत अपडेट :-
बुद्धिप्रसाद पन्त (राष्ट्रिय स्वतन्त्र पार्टी) = 27,274 (विजयी)
प्रदिप यादव (नेकपा एमाले) = 13,030
अनिलकुमार रुगंटा (नेपाली कांग्रेस) = 11,885
नन्द किशोर प्रसाद श्रीवास्तव (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,272
रामनरेश प्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल) = 1,201
अजय चौरसीया (नेपाली कम्युनिष्ट पार्टी) = 537
रामकिशोर सिंह (उज्यालो नेपाल पार्टी) = 415
विशाल कुमार (स्वतन्त्र) = 381
ओम प्रकाश शर्राफ (जनमत पार्टी) = 341
जावेद एकबाल हैदर (पिपुल फर्ट पार्टी) = 252
मोहम्मद उमर खान (राष्ट्र निर्माण दल नेपाल) = 240
शालिकराम प्रसाद कानु (नेपाल लोकतान्त्रिक पार्टी) = 102
वसिम शेष (श्रम संस्कृति पार्टी) = 90
विश्वराज पटेल (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 54
सुरेश प्रसाद साह कानु (नेपाल जनता पार्टी) = 46
महेश कुमार पासवान (जन अधिकार पार्टी) = 34
प्रमोद प्रसाद पटेल (नेपाल मजदुर किसान पार्टी) = 15
शंकर कुमार कर्ण (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 11
सोएब अंसारी (नेपाल संघीय समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 10
पुकार थापा (स्वतन्त्र) = 5
म. साजिद अली (स्वतन्त्र) = 5
नरेश कुमार यादव (स्वतन्त्र) = 4
शिवप्रसाद कोइरी (स्वतन्त्र) = 4
अनिल प्रसाद यादव (स्वतन्त्र) = 3
अभिनाश चौरसिया (स्वतन्त्र) = 3
आर्यशशिकला राउत (स्वतन्त्र) = 3
दीप कुमार बर्मा (स्वतन्त्र) = 3
विशाल कुमार पाण्डे (स्वतन्त्र) = 3
प्रेम मेहता (स्वतन्त्र) = 1
सरोज प्रसाद यादव (स्वतन्त्र) = 1
जम्मा मतदाता : ८९,६३६ [५०,४०६ पुरुष र ३९,२३० महिला]

