काठमाडौं - बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी भएका छन् । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गरेका छन् । । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गरेका छन् ।
यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
बाग्लुङ - १ को मत अपडेट :-
सुशील खड्का (राष्ट्रिय स्वतन्त्र पार्टी) = 20,927 (विजयी)
भिम बहादुर श्रीस राना (नेपाली कांग्रेस) = 11,944
हिरा बहादुर खत्री (नेकपा एमाले) = 8,640
कृष्ण प्रसाद शर्मा अधिकारी (राष्ट्रिय जनमोर्चा) = 4,521
कल्याण आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 523
लाल बहादुर घर्ती (श्रम संस्कृति पार्टी) = 254
टेक वहादुर के.सी. (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 80
चित्र प्रसाद सापकोटा (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 60
सहविर थापा (नेशनल रिपब्लिक नेपाल) = 48
गुमा कमारी बुढा राना मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 40
भक्त बहादुर बि.क (नेपाल मानवतावादी पार्टी) = 24
जम्मा मतदाता : ९८,०४५ [४७,६७६ पुरुष र ५०,३६९ महिला]

