Harsamaya
ललितपुर–१ रास्वपाका महर्जन विजयी
बुद्धरत्न महर्जन ।

ललितपुर - ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् ।

निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।  

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् । 

यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए । 

मत अपडेट :
बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) = 23,373 (विजयी)
उदय शंशेर ज.ब.राणा (नेपाली कांग्रेस) = 13,520
चेतनाथ संजेल (नेकपा_एमाले) = 6,546
पदम कुमार लामा (उज्यालो नेपाल पार्टी) = 2,686
सुनिल महर्जन (नेपाली कम्युनिष्ट पार्टी) = 1,964
सजिना कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 652
गौतम थापा (श्रम संस्कृति पार्टी) = 221
भिमसेन घिमिरे (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 173
सनोज महत (पिपुल फर्स्ट पार्टी) = 83
सुरेश मार्पा (मंगोल नेशनल अर्गनाइजेसन) = 59
सरिता गोसाई देसार (नेपाल मजदुर किसान पार्टी) = 52
गणेश बहादुर वल तामाङ (स्वतन्त्र) = 39
राधा कृष्ण बस्नेत (स्वतन्त्र) = 39
अशोक थापा (स्वतन्त्र) = 35
रोहित कुमार बास्तोला (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 33
संजय घिसिङ तामाङ (नेशनल रिपब्लिक नेपाल) = 33
सरोज कुमार विष्ट (स्वतन्त्र) = 17
महाविर स्याङतान तामाङ (जनता समाजवादी पार्टी, नेपाल) = 16
अमृत नाथ बजगाई (नेपाल कम्युनिष्ट पार्टी_संयुक्त) = 11
धर्मराज बोहरा (स्वतन्त्र) = 11
सर्मिला बुढाथोकी (स्वतन्त्र) = 9
विशाल तामाङ (स्वतन्त्र) = 9
डाल नाथ तिमल्सिना (स्वतन्त्र) = 6
किरण महर्जन (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 3
भरत दुलाल (स्वतन्त्र) = 3
तिलक बहादुर भोलन (स्वतन्त्र) = 2
राम खड्का (स्वतन्त्र) = 1
देबेन्द्र सिहं (स्वतन्त्र) = 0

जम्मा मतदाता : ७७७३७ [३८८४० पुरुष र ३८८९७ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update