विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
काठमाडौं - रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् ।
उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु पौडेलको लज्जास्पद् खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन् भने विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।
पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

