पर्वत - पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् ।
पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए ।
पर्वत - १ को मत अपडेट :-
सागर भुसाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 26,561 (विजयी)
अर्जुनप्रसाद जोशी (नेपाली कांग्रेस) = 15,954
पदम गिरी (नेकपा एमाले) = 15,075
मनहरि शर्मा (नेपाली कम्युनिष्ट पार्टी) = 4,557
दुर्गाबहादुर मल्ल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 525
यम बहादुर चोचाङ्गी पुन (उज्यालो नेपाल पार्टी) = 122
कृष्ण बहादुर विक (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 118
वीरवहादुर गुरुङ्ग (नेशनल रिपब्लिक नेपाल) = 98
भिमलाल न्यौपाने (राष्ट्रिय जनमोर्चा) = 87
लाल कुमारी थापा राना (मंगोल नेशनल अर्गनाइजेसन) = 41
माया पाइजा पुन फकामी मगर (राष्ट्रिय जनमुक्ति पार्टी) = 29
सीता देबी शर्मा (स्वतन्त्र) = 8
मिना पौडेल (शर्मा) (स्वतन्त्र) = 8
ऐलिना सुवाल (नेपाल मजदुर किसान पार्टी) = 7
पवित्रा मल्ल (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 5
गंगालाल रिमाल (स्वतन्त्र) = 5
सावित्री शर्मा (स्वतन्त्र) = 3
जम्मा मतदाता : १,२५,४६५ [ ६२,६०० पुरुष र ६२,८६५ महिला ]

