काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।
उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गर्नु भएको छ । निकट प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ । सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी समेत उनले दिए ।
नवनिर्वाचित सांसद विष्टको जन्म कीर्तिपुर नगरपालिका वडा ४ मा विसं २०३१ भएको थियो । उनी यस अघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको उम्मेदवार समेत थिए ।
काठमाडौं-१० मा रास्वपाका विष्ट विजयी, अरुको मत कति ?
प्रदिप विष्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) = 37,469 [विजयी]
हिमाल कार्की (नेपाली कांग्रेस) = 8,100
विनोद श्रेष्ठ (नेकपा_एमाले) = 4,864
रुपा महर्जन [श्रेष्ठ] (नेपाली कम्युनिष्ट पार्टी) = 2648
बलराम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,239
राकेश न्यौपाने (उज्यालो नेपाल पार्टी) = 927
धनबहादुर श्रेष्ठ (श्रम संस्कृति पार्टी) = 528
बिनोद बुढाथोकी (स्वतन्त्र) = 482
विन्द्रा महर्जन (नेपाल मजदुर किसान पार्टी) = 293
देवकुमार श्रेष्ठ (स्वतन्त्र) = 171
केशवराज अर्याल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 75
राम कुमार भोम्जन (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 65
अम्बर बहादुर पौडेल (राष्ट्रिय जनमोर्चा) = 36
कबिता पुडासैनी अधिकारी (स्वतन्त्र) = 29
विक्रम पाण्डे क्षेत्री (जय मातृभूमि पार्टी) = 22
राज कुमार गिरी (स्वतन्त्र) = 21
दिपक राज पाण्डे (स्वतन्त्र) = 19
राम रुम्बा (मंगोल नेशनल अर्गनाइजेसन) = 18
पुर्ण चन्द्र पौडेल (समावेशी समाजवादी पार्टी) = 12
अनुज प्रधान (स्वतन्त्र) = 9
भागरीत साह (जनता समाजवादी पार्टी, नेपाल) = 8
कृष्ण कुमारी नेपाली (स्वतन्त्र) = 7
कुमार खाकी श्रेष्ठ (स्वतन्त्र) = 6
सुलोचना परियार (स्वतन्त्र) = 6
मिन बहादुर बुढाथोकी (स्वतन्त्र) = 4
जम्मा मतदाता : ८३,२९९ [४०५८३ पुरुष र ४२७१६ महिला]

