Harsamaya
काठमाडौँ ९ मा रास्वपाका डिपि अर्याल निर्वाचित
काठमाडौँ  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) ।

काठमाडौं - काठमाडौँ  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

रास्वपाका उपसभापति एवम् संघीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरिन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन् । 

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए । 

काठमाडौं - ९ मा रास्वपाका अर्याल विजयी, अरुको मत कति ?

डोल प्रसाद अर्याल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 35,093 (विजयी)
नानुमैया बास्तोला (नेपाली कांग्रेस) = 5,460
अजय क्रान्ती शाक्य (नेकपा_एमाले) = 4,580
दिल कुमार कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,457 
रामेश्वर श्रेष्ठ (उज्यालो नेपाल पार्टी) = 1,426
राधा कृष्ण महर्जन (नेपाली कम्युनिष्ट पार्टी) = 1,328
शान्त महर्जन (नेपाल मजदुर किसान पार्टी) = 443
बलराम श्रेष्ठ (श्रम संस्कृति पार्टी) = 331
माईला लामा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 183 
पंचकुमारी मानन्धर (स्वतन्त्र) = 69 
राजु रोक्का (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 64
रोसन दानी (राष्ट्रिय जनमोर्चा) = 62

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update