गण्डकी - प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भएका छन् ।
यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बनिन् भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङले एक हजार ६४३ मत, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार २७६ मत, उज्यालो नेपाल पार्टीका कुशल गुरुङले एक हजार २०१ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।
कास्की - २ को मत अपडेट :-
उत्तम प्रसाद पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 31,911 (विजयी)
रश्मि आचार्य (नेकपा एमाले) = 7,493
माधव प्रसाद वांस्तोला (नेपाली कांग्रेस) = 6,500
हेम जङग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,643
हेमबहादुर थापा पराजुली (नेपाली कम्युनिष्ट पार्टी) = 1,276
कुशल गुरुङ्ग (उज्यालो नेपाल पार्टी) = 1,201
विष्णुप्रसाद तिवारी (स्वतन्त्र) = 140
वसन्त राज घिमिरे (स्वतन्त्र) = 133
ओल वहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 123
दिपक भण्डारी (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 100
निरञ्जन कोइराला (स्वतन्त्र) = 45
प्रेमबहादुर थापा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 37
ख्याम बहादुर गुरुङ्ग (नेपाल जनमुक्ति पार्टी) = 26 | कास्की २
ज्ञानराज गुरुङ्ग (नेशनल रिपब्लिक नेपाल) = 19
रामचन्द्र आचार्य (स्वतन्त्र) = 19
निर्दोष विक्रम पौडेल (स्वतन्त्र) = 6
बिनिता अवाल (नेपाल मजदुर किसान पार्टी) = 3
जम्मा मतदाता : ८४,१३३ [ ३९,७९३ पुरुष र ४४,३४० महिला ]

