समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा
काठमाडौं - बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३९ हजार ४८३ मत गणना भएको छ ।
गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार चार सय ४२ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले ७ हजार पाँच सय ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार एक सय ६९, नेकपा(एमाले)ले दुई हजार २ सय ९० मत प्राप्त गरेको छ ।
आयोगका अनुसार, श्रम संस्कृति पार्टीले नौ सय ६०, नेपाली कम्युनिस्ट पार्टीले नौ सय ५१, राष्ट्रिय परिवर्तन पार्टीले पाँच सय ३५ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ ०५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

