गण्डकी - कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी बनेकी छिन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी बनेकी मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बने भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बने । त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरे ।
कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७ मत खसेको थियो । निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन् ।
कास्की - ३ मा रास्वपाका गुरुङ्ग विजयी, अरुको मत कति ?
बिना गुरुङ्ग (राष्ट्रिय स्वतन्त्र पार्टी) = 37,750 (विजयी)
मनोज गुरुङ्ग (नेपाली कांग्रेस) = 12,780
दामोदर पौडेल वैरागी (नेकपा_एमाले) = 7,906
गोपाल गिरी (नेपाली कम्युनिष्ट पार्टी) = 1,456
अर्जुनप्रसाद खनाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,406
हित काजी गुरुङ्ग (श्रम संस्कृति पार्टी) = 534
तर्क बहादुर गुरुङ्ग (उज्यालो नेपाल पार्टी) = 419
कमल खड्का विश्वकर्मा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 83
जीवन बहादुर गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) = 76
टेक बहादुर सार्की (संयुक्त नागरिक पार्टी) = 63
ओम प्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी) = 23
मिन बहादुर थापा (नेपाल जनमुक्ति पार्टी) = 20
तिरथ गुरुङ्ग (नेशनल रिपब्लिक नेपाल) = 13
कुसल थापा क्षेत्री (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 12
मिना न्हिसुतु (नेपाल मजदुर किसान पार्टी) = 5
जम्मा मतदाता : १,०७,५५८ [५२५४३ पुरुष र ५५०१५ महिला]

