गोरखामा पोथी चितुवा मृत फेला
गोरखा - गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए ।
स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उनले बताए ।
स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको चितुवाको उमेर करिब एक वर्ष हुनसक्ने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

