काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बदन भण्डारीले वर्तमान निर्वाचनलाई पश्चगामी र अग्रगामी शक्तिबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन् ।
शनिबार आयोजित उम्मेदवारसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘ पश्चगामी शक्तिले कहिल्यै नजित्ने र अग्रगामी शक्तिले कहिल्यै हार्ने भन्दै आफूले निर्वाचन हित्ने पनि बताएका हुन् ।
उनले भने, ‘अहिलेको निर्वाचन पश्चगामी र अग्रगामीबीचको हो, न्याय र अन्यायबीचको हो, ठीक र बेठीकबीचको हो । त्यसकारण पश्चगामी शक्तिले कहिल्यै जित्दैन, अग्रगामी शक्तिले कहिल्यै हार्दैन । हामी अग्रगामी शक्ति निर्वाचनमा होमिएका छौँ र त्यो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी हो, त्यो शक्ति हामी हौँ ।’
उनले रास्वपाले सुशासन, समृद्धि र तीव्र विकासको लक्ष्यसहित चुनावमा भाग लिएको उल्लेख गर्दै जनताको चाहाना अनुरुप काम गर्ने बताए । उनले भने, ‘जनतामा निराशा छ, तर उनीहरूको चाहना सुशासन, समृद्धि र विकासको हो र हामी त्यही चाहना पूरा गर्न प्रयासरत छौँ ।’
उनले घण्टी बजाउँदै जनतामाझ गएको पाँच वर्षमा पनि काम गर्न नसके अर्को पटक यही घण्टीले जनताले झटारो हान्ने नैराश्यता जनतामा रहेको भन्दै काभ्रेको हितका लागि काम गर्ने बताए ।
‘यसपटक हामी घण्टी बजाउँदै जनतामाझ गएका छौँ । यदि पाँच वर्षमा पनि काम गर्न सकेनौँ भने अर्को पटक यही घण्टीले जनताले हामीलाई झटारो हान्नेछन्,’ उनले भने, ‘म लगानीको वातावरण सिर्जना गर्छु, उद्योगधन्दा स्थापनाका लागि आएका समस्या बुझि नीतिगत समाधान गर्छु, कम्तिका काभ्रेका २० प्रतिशत वा ३० प्रतिशत रोजगारीका लागि पहल गर्छु।’

