काठमाडौं - नेकपा एमालेका जनवर्गीय संगठनहरुले पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।
बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा मशाल जुलुस निकालेका हुन् ।
नारावाजीसहित मशाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरि निभाएको थियो । जनताबाट पराजयको डरले एमालेको चूनावी अभियानलाई बिथोल्नका लागि पार्टीको झण्डा जलाउने काम भएको युवा संघका अध्यक्ष महाराज गुरुङले बताए ।
उनले निर्वाचन नै भाड्न खोज्ने गरि भएको कामका विरोध गर्दै यस्ता कामलाई निस्तेज पार्ने उल्लेख गरे । गुरुङले एमालेका जनवर्गीय संगठन संविधानलाई जोगाउनका लागि डटेर लाग्ने बताए ।
आफ्नो पार्टीको झण्डा जलाइएपछि एमालेले उक्त घटनाको भत्र्सना गर्दै झन्डा जलाउनेहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारबाही गर्न माग समेत गरेको छ ।

