काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो।
आज ३५४ कम्पनीका दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका उपसमूहमध्ये म्युचुअल फन्ड शून्य दशमलव ५६ प्रतिशत र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ। अन्य सबै उपसमूहमा गिरावट देखिएको छ। बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव १९, जलविद्युत् एक दशमलव ६३, लगानी शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव ५०, निर्जीवन बीमा शून्य दशमलव ७५ तथा अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेका छन्।
आज सलपा विकास बैंक लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेड को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी रिडि पावर कम्पनी लिमिटेड को रु ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर कारोबार भएको छ।

