अर्घाखाँचीमा घाइते चितुवाको मृत्यु
अर्घाखाँची - मालारानी गाउँपालिका–३ टुनीपोखरीमा पासोमा परेको घाइते चितुवाको आज दिउँसो मृत्यु भएको छ।
स्थानीयले चितुवालाई पासोमा थापेपछि वन कार्यालय अर्घाखाँचीको टोलीले उद्धार गरी उपचारका लागि लगेको थियो।
तर उपचारको क्रममा चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
उद्धारको क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका थिए।
प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२ २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

