Harsamaya
आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु
निर्वाचन आयोग । तस्विर: हर समय/Har Samaya

काठमाडौं - आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको हो ।

आजदेखि सुरु भएको कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको आयोगले जनाएको छ ।

मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।

आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update