Harsamaya
आइतबारसम्म मतपत्र छपाइ सकिने
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ।

भक्तपुर - आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दैनिक १२–१५ लाख मतपत्र छापिरहेको जनाएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार कुल दुई करोड तीन लाखमध्ये एक करोड ७३ लाख मतपत्र छपिइसकेको छ भने बाँकी आइतबारसम्म सम्पन्न हुनेछ।

छपाइ सकिएका जिल्लामा नेपाली सेनामार्फत ढुवानी सुरु भइसकेको छ। साथै, समानुपातिकतर्फका मतपत्रसमेत छपाइ गरी पठाउने काम जारी रहेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update