Harsamaya
झापा गोल्डकप : एपिएफको शानदार जित, सेमिफाइनलमा स्थान सुरक्षित
झापा गोल्डकपमा एपिएफ र रोयल थिम्पू कलेजका खेलाडीहरू ।

झापा - सातौँ झापा गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले भूटानको रोयल थिम्पू कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलको छैटौँ मिनेटमै अग्रता लिएको एपिएफका कप्तान हरि कार्कीले ह्याट्रिक गर्दै टोलीको जित सुनिश्चित गरे।

भूटानले ७९औँ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो। किञ्जाङ तेञ्जिङ शेर्पालाई डिबक्समा फल भएपछि प्राप्त पेनाल्टीलाई शेर्पाले नै गोलमा परिणत गरेका थिए।

ह्याट्रिककर्ता हरि कार्की ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरे। अब बिहीबार हुने अन्तिम क्वार्टरफाइनलमा मछिन्द्र एफसी र एन पेनाङ (मलेसिया) भिड्नेछन्।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र उपविजेताले रु ७ लाख ५० हजार पुरस्कार पाउनेछन्। फाइनल खेल फागुन ४ गते हुनेछ।
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update