काठमाडौंको वायु प्रदूषण १९२ एक्युआई, अस्वस्थ स्तरमै
काठमाडौं - काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) अनुसार मध्याह्नसम्म प्रदूषण १९२ मापन गरिएको छ। आइतबार १७५ एक्युआई रहेको प्रदूषण घट्न नसकेको वातावरण विभागले जनाएको छ।
महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार लामो समयदेखि वर्षा नहुनु र हावा नचल्नुका कारण प्रदूषकतत्व उपत्यकामा थुप्रिएको छ। उद्योग सञ्चालन, विकास निर्माणका गतिविधि र सीमापारबाट भित्रिने प्रदूषणले समेत अवस्था बिगारेको उहाँले बताउनुभयो।
एक्युआई १५१ देखि २०० सबैका लागि अस्वस्थ मानिन्छ। वर्षा नभएसम्म प्रदूषण अझै बढ्न सक्ने चेतावनी दिइएको छ। आज काठमाडौँ विश्वका प्रदूषित सहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

