Harsamaya
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन
निर्वाचन आयोग । तस्विर: हर समय/Har Samaya

काठमाडौं - निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update