Harsamaya
२६ अंकले घट्यो नेप्से
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको सेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update