Harsamaya
झापा गोल्डकपमा त्रिभुवन आर्मी क्वार्टरफाइनलमा प्रवेश
त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडका खेलाडीहरू ।

झापा - एक्स्ट्रिम सातौँ झापा गोल्डकप–विनोद बस्नेत स्मृति संस्करणमा आज त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमा नविन लामाले दिनेश योञ्जनको पासमा गोल गरे। नवयुग श्रेष्ठले अर्को गोल थपे र दोस्रो हाफको अन्त्यतिर जर्ज प्रिन्स कार्कीको ‘फ्रिकिक’गोलले जीत सुनिश्चित गर्यो।

प्रतियोगितामा विजेताले १५ लाख, उपविजेताले ७ लाख ५० हजार पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल, र उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार पुरस्कार दिइनेछ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update