काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२५ अंकले घटेर २,६९८.४४ बिन्दुमा कायम भएको छ।
आज ३३० कम्पनीका दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ पुगेको नेप्सेले जनाएको छ।
समूहगत रूपमा हेर्दा लगानी समूह ०.०८ प्रतिशत र अन्य समूह ०.४६ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.१४, विकास बैंक ०.९२, वित्त ०.०१, होटल तथा पर्यटन २.१३, जलविद्युत् ०.३१, जीवन बीमा ०.७१ र उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेका छन्। त्यस्तै, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.६१, निर्जीवन बीमा ०.३२ र व्यापार समूह १.३० प्रतिशतले ओरालो लागेको छ।
आज सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको सेयर कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ कित्ता सेयर किनबेच भएको छ।

