Harsamaya
यस वर्षको हुतराज अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नेपाल र खत्रीलाई 
पत्रकार विजय नेपाल र दीपक खत्री ।

काठमाडौं - हुतराज अर्धचन्द्र जनहीतकारी संस्थाले फागुन १ गते छात्रवृत्ति तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रममा पत्रकार विजय नेपाल र दीपक खत्रीलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिने भएको आयोजक संस्थाले जनाएको छ । नेपाल खुल्लापाना डट कमका सम्पादक हुन् भने खत्री रेडियो सिन्धु र ल्यूज २४ टेलिभिजनमा काम गर्छन् ।

 साथै कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ र शिक्षक कपिल कृष्ण श्रेष्ठलाई पनि सम्मान गरिनेछ।

संस्थाले इन्द्रेश्वरी माध्यमिक विद्यालयका ९ जना छात्र–छात्रालाई वार्षिक छात्रवृत्ति वितरण गर्ने जनाएको छ।

626198983_2354806798369454_2673830137683569963_n-1770446793.jpg

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update