झुटा सूचना फैलाउने १८१ कन्टेन्ट उत्पादक कारबाहीका लागि सिफारिस
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने १८१ कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ।
त्यसैगरी, सात जनालाई नेपाल दूरसञ्चार प्राधिकरण, ४० लाई प्रेस काउन्सिल नेपाल र ४७ लाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार मिथ्या, भ्रमपूर्ण र घृणास्पद सूचना नियन्त्रणका लागि सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय छ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

