Harsamaya
निर्वाचनको  ४८ घण्टा अघि नै सीमा नाका बन्द गरिने
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका निर्वाचनको ४८ घण्टाअगावै बन्द गरिने भएको छ।

विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । 

बैठकमा सीमा सुरक्षा, अवैध घुसपैठ, मानव बेचबिखन, लागुऔषध र नक्कली मुद्रा नियन्त्रणमा सहकार्य बढाउने सहमति भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update