Harsamaya
ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

कर्णाली - सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट एक ग्राम ५६० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपाम ३१ ट्याब्लेट बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका २१ वर्षीय अर्जुनकुमार प्रजापति, वडा नं ७ का २२ वर्षीया ललितासिंह ठकुरी, नरहरिनाथ गाउँपालिका–९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका–७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् ।

गोप्य सूचनाका आधारमा गरिएको विशेष अप्रेसनका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी, जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौँबाट पक्राउ गरी सुर्खेत ल्याइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update